Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

द्वन्द्वमा बेपत्ता भएकाहरूको अवस्था सार्वजनिक गर्न माग

१५ भाद्र २०७८, मंगलवार ११:००

जनकपुरधाम । नेकपा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा राज्य तथा माओवादीद्वारा बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बेपत्ता दिवसको अवसरमा माओवादी सशस्त्र द्वन्द्वका बेला धनुषाबाट बेपत्ता बनाइएकाहरूको अवस्था सार्वजनिक गर्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्र बुझाएका हुन् । आज सार्वजनिक बिदा भए पनि प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले ज्ञापनपत्र बुझेका छन् ।

सशस्त्र द्वन्द्व समाप्त भएको लामो समय भइसकेको, मुलुक संघीयतामा गएको तथा प्रदेश सरकार गठन भएको ४ वर्ष भइसक्दा पनि अहिलेसम्म बेपत्ताको अवस्था सार्वजनिक नगरिएकामा उनीहरूको गुनासो छ । संघीय सरकारलाई करिब डेढ दशकभन्दा बढी समयदेखि ज्ञापनपत्र दिएर अवस्था सार्वजनिक गर्नका लागि माग गरे पनि बेवास्ता हुँदै आएको पीडितहरूको भनाइ छ ।

पीडित परिवारले राज्यबाट १० लाख रुपैयाँ बुझ्नेबाहेक केही नभएको र राज्यले उनीहरूको अवस्था सार्वजनिक गर्न गंभीरता नदेखाएको बेपत्ता परिवारका सदस्य प्रकाश यादवले आरोप लगाए ।

धनुषाबाट द्वन्द्वका क्रममा १६ जना बेपत्ता भएका थिए, जसमध्ये धनुषाको गोदारमा शव उत्खनन गर्ने क्रममा ५ जनाको शव भेटिएको थियो । ११ जनाको अवस्था अझै अज्ञात नै रहेको छ । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

दिवाकर भट्ट- भनिन्छ कुनै पनि देशलाई विकास गर्नुछ भने त्यस देशको शिक्षा प्रणाली र विद्यालयहरुको सही व्वस्थापन र तालमेल हुनुपर्दछ।देशका

देशको सङ्घीय राजधानी क्षेत्र रहेको काठमाण्डौ महानगरपालिका भित्र सार्वजनिक शौचालयको व्यवस्था नरहेको बहस भइरहेका बेला यस सम्बन्धी महानगरपालिकासँग यथार्थ सूचना

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०