भारतमा सर्वोच्चका नौ न्यायधीशले लिए एकसाथ सपथ, दूर्लभ घटना


एजेन्सी, नयाँ दिल्ली । भारतमा सर्वोच्च अदालतका नौ जना नयाँ न्यायधीशले पद तथा गोपनियताको सपथ लिएका छन् । तीन महिलासहित नौ न्यायधीशलाई मंगलबार बिहान प्रधानन्यायधीश एन भी रमनाले सपथ खुवाएका हुन् ।

भारतको सर्वोच्च अदालतको इतिहासमा नै पहिलो पटक नौ जना न्यायधीशले एकै पटक सपथ खाएका हुन् । सामाजिक दूरी कायम राख्दै सर्वोच्च अदलतको अडिटरियम भवनमा सपथ कार्यक्रम आयोजना गरिएको थियो । यसअघि प्रधानन्यायधीशको कक्षामा सपथ खुवाइने गरेकोमा कोभिडका कारण सामाजिक दूरी राख्न छुट्टै हलको व्यवस्था गरिएको थियो ।


मंगलबार सपथ लिनेमा न्यायधीश अभय ओका, बिक्रम नाथ, जितेन्द्र कुमार महेश्वरी, हिमा कोली र बीभी नगरथना छन् । नगरथना पूर्व प्रधानन्यायधीश इएस भेनकाटरमिहको छोरी हुन् । त्यस्तै, सपथ लिने अन्य न्यायधीशमा सीटी रभि कुमार, एम एम सनद्रेस, बेला एम त्रिवेदी र न्यायधीश पीएस नरसिंह छन् ।


Loading comments...