Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

विवेकशील साझामा रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष

१५ भाद्र २०७८, मंगलवार २२:०५

काठमाण्डौ । विवेकशील साझा पार्टीमा स‌योजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ ।

एमाले र जनता समाजवादी विभाजन भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझा पनि दुई चिरा हुने बाटोमा अघि बढ्न थालेको छ।

मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षताको सम्बन्धमा जनमतसंग्रह र राजतन्त्रलाई विशेष शक्तिका रूपमा स्वीकार्नुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेपछि विवेकशीलभित्र दरार पैदा भएको हो । मिश्रले सार्वजनिक रूपमा प्रस्ताव गरेलगत्तै पाण्डेलगायतले तीव्र असन्तुष्टि जनाएका थिए । मिश्रको प्रस्तावलाई काउन्टर दिने गरी पाण्डेले पनि दस्तावेज सार्वजनिक गरेका थिए ।

विभाजनलाई प्रश्रय हुने गरी मिश्र र पाण्डेले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । बिहीबारका लागि मिश्रले बैठक बोलाएपछि पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाइनुले विवेकशील विभाजन उन्मुख देखिएको हो । मिश्रले बोलाएको बैठक पार्टी एकीकरणविपरीत रहेको भन्दै पाण्डेले बैठक बोलाएका हुन् । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न

हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो