Lifestyle Portal
  •   ६ कार्तिक २०७८, शनिबार

काठमाण्डौ महानगर र सिसडोलबीच फोहोर व्यवस्थापन गर्ने सहमति

१६ भाद्र २०७८, बुधबार १२:२२

काठमाण्डौ, न्युजकारखाना । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन हुने भएको छ ।

काठमाडौं महानगरपालिका र सिसडोलका स्थानीयबीच आज भएको १४ बुँदे सहमतिअनुसार फोहोर व्यवस्थापनको अवरोध हटाई उपत्यकामा रहेको फोहोरलाई सिसडोलमा व्यवस्थापन गर्ने सहमति भएको हो ।

महागरको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ र ककनी वडा- १ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठसहित संलग्न बैठकले विभिन्न १४ बुँदे सहमतिमा गर्दै फोहोर ढुवानीमा भएको अवरोध हटाउँदै फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो । सहमतिअनुसार अब स्थानीयले फोहोर ढुवानीमा अवरोध सिर्जना गर्नेछैनन् र उपत्यकाको फोहोर व्यवस्थापन हुनेछ ।

दुवै पक्षले सहमति आजैदेखि लागू गर्ने जनाएका छन् । यसअघि महानगरपालिकासँग गरिएको १७ बुँदे सम्झौता पनि कार्यान्वयन गर्ने सहमति भएको प्रमुख श्रेष्ठ बताए ।

सहमतिमा तीनपिप्ले–सिसडोल सडक तत्काल १५ दिनभित्रमा ग्राभेल गरिने र त्यसपश्चात् टेण्डर प्रक्रियामा गई कालोपत्र गरिने, फोहोर ढुवानी गर्ने गाडीको लिचेड बक्सको व्यवस्था गर्नुपर्ने र तीनपिप्ले-सिसडोल सडक खण्डमा पार्किङ गर्न नपाउने तथा ओभरलोड ढुवानी गर्न नदिने, फोहोर ढुवानी गर्ने गाडीलाई टाइम कार्ड र बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्मको समयमा मात्र आउजाउ गर्न दिने, बाटोमा खसेको फोहोरलाई व्यवस्थापन गर्न गाडीको व्यवस्थापन गर्ने बुँदा रहेका छन् ।

यस्तै, तीनपिप्ले-सिसडोल सडक खण्डको जग्गाको कित्ताकाट गरि मुआब्जा दिने सम्बन्धमा महानगरका प्रमुखसँग छलफल गर्ने, स्थानीय प्रभावित क्षेत्रमा रहेका विद्यालय र संघसंस्थाका लागि खेलकुद व्यवस्थापन गर्ने, श्री महालक्ष्मी मन्दिर क्षेत्रमा सार्वजनिक शौचालय बनाउनेसमेत सहमति गरिएको छ ।

तीनपिप्ले–सिसडोल सडक खण्ड छेउछाउ र महालक्ष्मी मन्दिर वरपर वृक्षरोपण गरिने, फोहोर ढुवानी गर्ने चालकका लागि स्वास्थ्य परीक्षण गर्ने, सडक संरक्षण र सरसफाइका लागि अभियान संचालन गर्नेसमेत सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती

आर्थिक महामन्दीले कुनै एक देश वा विश्वको कुनै एक क्षेत्रलाई प्रभावित गर्छ। त्यस देश वा क्षेत्रको अर्थतन्त्रलाई सुस्त पार्छ। त्यहाँका

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न