Lifestyle Portal
  •   ३० आश्विन २०७८, शनिबार

नेपाल र पीएनजीबीचको खेल प्रत्यक्ष प्रसारण हुने

१६ भाद्र २०७८, बुधबार १२:३६

लोकप्रिय

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्युगिनी (पीएनजी)सँग खेल्ने दुई खेलको प्रत्यक्ष प्रसारण (लाइभ) हुने भएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान) र डिस होमबीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको क्यानले जनाएको छ ।

क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार खरिद गरिसकेको डिस होमले अब नेपालले ओमानमा खेल्ने पीएनजीसँगका दुई खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

सम्झौतामा क्यानका तर्फबाट कोषाध्यक्ष रोशनकुमार सिंह र डिस होमका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्यले हस्ताक्षर गरेका थिए ।

नेपालले पीएनजीसँग ५ र ८ सेप्टेम्बरमा खेल्नेछ । यस सिरिजका लागि नेपाली टिम केही दिन अगाडि ओमान पुगिसकेको छ भने पीएनजी पनि मंगलबार ओमान पुगेको छ ।

पीएनजीसँग नेपालले खेल्ने दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय दिवा-रात्रि हुनेछ, जुन नेपालले खेल्न लागेको पहिलो दिवा-रात्रि एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो ।

पीएनजीसँगको खेलपछि नेपाली टिमले अमेरिका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट

पहिलो हाफको ४९ मिनेटमा भारतका कफ्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने लगत्तै मिड फिल्डर सुनिल सिंह वाङजेमले ५० औं

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा साफ च्याम्पियनसीपको जारी १३ संस्करणको उपाधीका लागि नेपाल तथा भारतको फाईनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा