Lifestyle Portal
  •   ७ माघ २०७८, शुक्रबार

भारतद्वारा बाढी पीडित राहत सामाग्री हस्तान्तरण

१६ भाद्र २०७८, बुधबार १९:३३

आज बुधवार, १ सेप्टेम्बर २०२१, भारत सरकारको तर्फबाट भारतका महावाणिज्यदूत श्री नितेश कुमार ज्यु द्वारा मा. चन्दा चौधरी संसद एवमं अध्यक्ष, नेपाल-भारत महिला मैत्री समाज (NIWFS), ज्युलाई बाढी पीडितहरूको लागि राहत सामग्रीको एक खेप हस्तान्तरण गरियो। तत्पश्चात श्री कुमार र मा.चौधरी ज्युले संयुक्त रूपमा जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका करिब सय जना बाढीपीडितहरूलाई एउटा पाल र एउटा सुत्ने म्याट हस्तान्तरण गर्नुभयो। हस्तान्तरण समारोहमा पर्सा जिल्लाका राजनीतिक दलका प्रसिद्ध नेताज्युहरू तथा भारत–नेपाल महिला मैत्री समाजका पदाधिकारिहरू उपस्थित थिए ।

NIWFS लाई हस्तान्तरण गरिएको राहत सामग्रीमा Big Size Tents, Family Rigid Tent (Single Fly), Family Rigid Tent (Double Fly), Plastic Sheets र Sleeping Mats सामेल छन् जुनकि नेपाल को प्रदेश नं २ का ६ वटा जिल्लाहरुमा बाढी प्रभावित परिवारहरुलाई वितरण गरिनेछ । भर्खरै आएको बाढी र जनधनको क्षतिलाई ध्यानमा राखी पूरै खेप NIWFS मार्फत स्थानीय प्रशासन संग समन्वय गरी प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा वितरण गरिनेछ।हो ।

उक्त उपहार नेपाल भारत सहयोग अन्तर्गत भारत सरकारको नियमित मानविय सहायता र नेपाललार्इ विपद् राहत सहयोगको हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

राजन भट्टराई, बिशाल श्रेष्ठ र दिपेराज श्रेष्ठ समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम

काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन तथा नक्कली महको उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा माघ

काठमाडौं, कीर्तिपुर नगरपालिका-६ चोभार, सोही नगरपालिका-९ नगाउँ र सोही नगरपालिका-१० बागभैरबस्थित विभिन्न घरहरुमा अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको

केही अपवादबाहेक, हरेक देशसँग अनेक स्रोत र साधन हुन्छ। अति गरीब राष्ट्रसँग पनि अनेक किसिमका स्रोत र साधन हुन्छ। राष्ट्रहरू