Lifestyle Portal
  •   ३० आश्विन २०७८, शनिबार

एक हजारमा हेर्न पाइनेछ नेपाल-भारत मैत्रीपूर्ण खेल

१६ भाद्र २०७८, बुधबार २१:४८

लोकप्रिय

रमेश सुवेदी, काठमाण्डौ । नेपाल र भारतबीच हुने तय भएको दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकिएको छ ।

नेपाल र भारतबीच भोलि (बिहीबार) पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट बिक्रीका लागि प्रभु पेसँग सम्झौता गर्दै टिकट दर तोकेको हो । एन्फाले भीआईपीतर्फको टिकट दर दुई हजार रुपैयाँ तथा सामान्यतर्फको टिकट दर १ हजार रुपैयाँ तोकेको छ ।

नेपाल सरकारको स्वीकृतिसँगै एन्फाले पाँच हजार १०० वटा टिकट बिक्री गर्ने भएको हो ।

यस्तै, एन्फाले कोभिडविरुद्धको खोप लगाएका र पीसीआर जाँच गरेका दर्शकलाई मात्र मैदान प्रवेश गर्न दिने बताएको छ ।

नेपाल र भारत दुवैले आगामी १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेपाल र भारतबीच हालसम्म १९ खेल आयोजना भएको छ, जसमा भारतले १३ खेल आफ्नो पक्षमा पार्दा चार खेल बराबर भएको छ । यस्तै, नेपालको पक्षमा दुई खेल मात्र छन् । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट

पहिलो हाफको ४९ मिनेटमा भारतका कफ्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने लगत्तै मिड फिल्डर सुनिल सिंह वाङजेमले ५० औं

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा साफ च्याम्पियनसीपको जारी १३ संस्करणको उपाधीका लागि नेपाल तथा भारतको फाईनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा