कक्षा १२ को परीक्षा ३० भदौबाट हुने


काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

बोर्डको आज बसेको बैठकले ३० भदौदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए । बोर्डले आजै परीक्षातालिका समेत सार्वजनिक गरेको छ । उनले संक्रमण घट्दै गएपछि परीक्षा गर्न थालिएको बताए ।

यसअघि कोरोना भाइरस संक्रमणको कारणले ३१ साउनदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको थियो । संक्रमण घट्दै गएपछि यही ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरिएको छ ।

परीक्षा होम सेन्टरमा विहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।


Loading comments...