BREAKING : ‘बिग बोस’ फेम तथा टीभी कलाकार सिद्धार्थ शुक्ला (Siddharth Shukla) को हृदयघातबाट मृत्यु


बलीउड जगतबाट भर्खरै एउटा दुखद खबर प्राप्त भएको छ । भारतिय टीभी दुनियाका चर्चित अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । कलाकार सिद्धार्थ शुक्ला ४० वर्षका थिए । भारततीय मेडियाहरुद्वारा जारी रिपोर्टहरुका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो । हृदयघातपछि आज उनलाई एकाबिहानै मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भरना गराईएको थियो, उपचारको क्रममा उनको अस्पतालमैं मृत्यु भयो ।

सिद्धार्थ शुल्काले टिभी सीरियल ‘बालिका बधु’ बाट आफ्नो अभिनयको जादू छरेका थिए । त्यसपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन । उनी अर्को लोकप्रिय हिन्दी सिरियल ‘दिल से दिल तक’ मा पनि देखिएका थिए । बलीउडमा भने उनले ‘हम्प्टि शर्मा कि दूल्हनीयाँ – Humpty Sharma Ki Dulhania’ मार्फत् डेब्यू गरेका थिए ।


Loading comments...