Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

खोला तर्न शुल्क !

१७ भाद्र २०७८, बिहीबार १७:०६

खोटाङ, न्यूजकारखाना । उदयपुरको राँकुली खोलामा पुल नहुँदा खोटाङका स्थानीय शुल्क तिरेर माेटरसाइकल तार्न बाध्य छन् । उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुली खोलामा पुल नहुँदा खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका लगायतका नागरिक शुल्क तिरेर माेटरसाइकल तार्न बाध्य बनेका हुन् ।

राँकुली खोलामा हिउँदयाममा पानी सुके पनि वर्षायाममा भने भेल उर्लिने गरेका कारण माेटरसाइकल तार्न शुल्क तिर्नुपर्ने बाध्यता रहेको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राईले बताए ।

खोटाङका पाँचवटा पालिकाका स्थानीय वर्षायाममा उदयपुरहुँदै पुर्वी शहर आवत–जावत गर्दा राँकुली खोला तर्नुपर्ने हुन्छ । राँकुली खोलामा वर्षायाममा माेटरसाइकल तार्न न्यूनतम ५ सयदेखि ३ हजार ५ सयसम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेकाे छ । सो खोलामा वर्षायाममा आसपासका स्थानीयले पैसा लिएर माेटरसाइकल तार्ने गरेका छन् ।

६ जनाकाे समूहले काठकाे साहारामा काँधमा हालेर माेटरसाइकल तार्ने गर्दछन् । ठाडो खोला भएकाले सो बाटोबाट यात्रा गर्ने स्थानीयले शुल्क तिरेर खोला तर्नुको विकल्प नभएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए । वर्षायाममा माेटरसाइकल तथा यात्रुलाई खोला तार्दा स्थानीयले राम्रो आम्दानी गर्ने गरेका छन् ।

गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटारको सीमानामा पर्ने फोक्सिङटारस्थित सुनकोसी पुल निर्माण सम्पन्न नभएसम्म जिल्लाबासीले राकुँली खोला तर्न शुल्क तिर्नुकाे विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल