Lifestyle Portal
  •   १४ जेष्ठ २०७९, शनिबार

विश्वकप छनोट : ब्राजिलको लगातार सातौं जित

१८ भाद्र २०७८, शुक्रबार ०९:४४

एजेन्सी, काठमाण्डौ । फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले लगातार सातौं जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी उपविजेता ब्राजिलले चिलीलाई १–० गोल अन्तरले पराजित गर्दै शतप्रतिशत जित निकालेको हो ।

ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनले एकल प्रयासमा खेलको ६४ औं मिनेटमा गोल गरे ।

मिडफिल्डर कासेमिरोको कप्तानीमा मैदान उत्रिएको ब्राजिलले जितसँगै सात खेलबाट सात जितसहित २१ अंक जोडेको छ । ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
आइतबार बिहान भेनेजुयलालाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना दोस्रो स्थानमा छ । १२ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा रहँदा समान ९ अंक बनाएका उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।

यस्तै, पाराग्वे, चिली, बोलिभिया, पेरु र भेनेजुयला क्रमशः छैठौं स्थानबाट १० औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ ।

सातौ श्रृंखलाको टि-२० विश्वकप क्रिकेट २०२१ (T20 World Cup 2021) को नयाँ विश्वविजेता घोषणा भइसकेको छ । आइतबार यूनाइटेड अरब

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै