अफगान सत्ताको साँचो सम्हाल्दै तालिवान, ‘पर्ख र हेर’ को नीतिमा अन्तर्राष्ट्रिय समुदाय


एजेन्सी, काबुल । तीन साताअघि काबलु कब्जा गरेको तालिवानले नयाँ सरकार गठन गर्ने भएको छ । संभवत शुक्तबार साँझसम्म तालिवानले नयाँ सरकार गठन गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महिलालगायत सिमान्तकृत समुदायको अधिकार रक्षा हुने गरी सरकार सञ्चालन गर्न तालिवानमाथि अन्तर्राष्ट्रिय दबाब छ ।

शुक्रबारको प्रार्थनापछि नयाँ प्रशासनको घोषणा हुने तालिवानले जनाएको छ । पन्जशिर उपत्यकामा तालिवानबिरुद्ध विद्रोह भइरहेका बेला तालिवानले सत्ता सम्हाल्न लागेको हो । पश्चिमा मुलुक तालिवानबारे ‘पर्ख र हेर’ को नीतिमा छन् । टर्की कतारलगायत केही मुलुकले नयाँ नेतृत्वलाइ मान्यता दिने संकेत गरिसकेका छन् । चीनले यसअघि नै तालिवान शासनलाई ग्रिन सिग्नल देखाइसकेको छ ।

यसैबीच, राष्ट्रसंघले अफगानिस्तामा मानवीय सहायताका उडान सञ्चालन गरेको जनाएको छ । उत्तरी अफगानिस्तानको मजर–आई–सरिफदेखि पाकिस्तानको राजधानी इस्लामावादसम्म उडान सञ्चालन गर्ने भएको हो ।


Loading comments...