Lifestyle Portal
  •   २० असार २०७९, सोमबार

अमिताभ बच्चन अभिनित ‘उचाइ’ फिल्म नेपालमा सुटिङ हुने, ४५ दिन बस्नेछन् नेपाल

१८ भाद्र २०७८, शुक्रबार १०:०९

काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार सुरज बड्जात्याको निर्माण र निर्देशन रहने ‘उचाइ’ फिल्मको छायांकनका लागि अर्को महिना उनी नेपाल आउन लागेका हुन् ।

निर्देशकः सुरज बड्जत्या

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ ।

‘राजश्री’को ब्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभ बच्चनले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ । कोरोना भाइरसले सिर्जित अवस्थाका कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेका बेला बलिउडका ठूला स्टार अमिताभ नेपाल आउनुलाई सकारात्मक मानिएको छ ।

अमिताभ बच्चन यसअघि पनि नेपाल आएका थिए । उनी ‘खुदा गवाह’ र ‘महान’ फिल्मको सुटिङका क्रममा नेपाल आएका थिए । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी