
इंग्ल्याण्ड र जर्मनीको सहज जित
१८ भाद्र २०७८, शुक्रबार १०:२८
एजेन्सी, काठमाण्डौ । युरोपेली फुटबलका बलिया राष्ट्र इंग्ल्याण्ड र जर्मनीले सहज जित निकालेका छन् । बिहीबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा इंग्ल्याण्ड र जर्मनीले सहज जित निकालेका हुन् ।
हंगेरीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई ४-० अन्तरको जित निकाल्दै भ्रमण टोली इंग्ल्याण्डले समूह ‘आई’को खेलमा सतप्रतिशत जितलाई निरन्तरता दिएको हो ।
इंग्ल्याण्डको जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी म्यागुईर र डिक्लेन राइसले एक-एक गोल गरे ।
घरेलु टोली हंगेरीले पहिलो हाफ बराबर गर्न सफल भएपनि दोस्रो हाफमा चार गोल ब्यहोरेको थियो ।
जितसँगै इंंग्याण्डले समूह ‘आई’को खेलमा सत प्रतिशत जित निकालेको छ । चार खेलबाट १२ अंकसहित इंग्ल्याण्ड शिर्षस्थानमा छ ।
चार खेलबाट सात अंक बनाएको पोल्याण्ड सात र समान चार खेलबाट सात अंक बनाएको हंगेरी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।
बिहीबार राति नै भएको अर्काे खेलमा जर्मनले लेक्टेनस्टाईनलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । पहिलो हाफमा एक गोल गरेको जर्मनले दोस्रो हाफमा थप एक गोल गरेकाे हाे । जर्मनको जितमा टिमो वेर्नर र लोरे सानेले एक-एक गोल गरे ।
खेलको ४१ मिनेटमा गोल गर्दै वेर्नरले जर्मनलाई अग्रता दिलाए । ७७ मिनेटमा सानेले गोल गर्दै जर्मनलाई २-० को सहज जित दिलाए ।
जितसँगै समूह ‘जे’ मा जर्मन चार खेलबाट नौ अंक बनाउँदै दोस्रो स्थानमा छ । समान खेलबाट १० अंक बनाएको अर्मेनिया पहिलो स्थानमा छ । चार खेलमा हार ब्यहोरेको लेक्टेनस्टाइन तालिकाको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
न्युज कारखाना काठमाडौं, १८ पुस लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३१ को नतिजा सुम्पिएको छ । लिभरपुल १७ खेलमा २८ अंकसहित
काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कफ्तान क्रिकेटर सन्दीप लामिछाने कतार एयरवेजको क्यूआर-६४८ नम्बरको
नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका