nepal army logo

नेपाली सेनामा चार हजार युवालाई जागिरकाे अवसर, महिला सिट ३६०


काठमाण्डौ । नेपाली सेनामा भर्ना खुलेको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हाे । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ ।

यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८, महिलाका लागि ३६०, आदिवासी जनजातिका ५७३, मधेसीका लागि ५०५, दलितका लागि २७३ र पिछडिएका क्षेत्रका लागि ८५ सिट छुट्याइएको छ ।

योग्यता पुगेका उम्मेदवारले १६ असोजसम्म दरखास्त पेश गर्न सक्नेछन् भने २४ असोजसम्म दोब्बर दस्तुर बुझाएर पनि दस्खास्त दिन सकिनेछ ।

दरखास्त जंगी अड्डाको हकमा नारायणहिटीस्थित नेपाल क्याभलरी र उत्तरतर्फको खेल मैदान तथा अन्य भर्ना केन्द्रमा सम्बन्धित केन्द्रमै दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सैन्य पदका लागि दरखास्त दिन कम्तिमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । पुरुषको हकमा उचाईँ न्यूनतम पाँच फिट तीन इन्च र महिलाको हकमा पाँच फिट हुनुपर्नेछ । पुरुषको हकमा तौल ५० किलो र महिलाको हकमा ४० किलो कायम गरिएको छ । यसैगरी, पुरुषको हकमा छाती नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । न्युजकारखाना


Loading comments...