भारतविरुद्धको खेलपछि प्रशिक्षक अब्दुल्लाहले के भने ?


काठमाण्डौ । बिहीबार साँझ दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालले अन्जन विष्टको गोलमा अग्रता बनाएको थियो । दोस्रो हाफमा भारतका परिवर्तित खेलाडी अनुरुध थापाले गोल गर्दै टोलीको हार टारे । अब दोस्रो खेल आइतबार हुनेछ ।

खेलपछि प्रशिक्षक अब्दुल्लाहले दिएको प्रतिक्रिया यस्तो छ ।

माफी चाहन्छु, नतिजा गर्व गर्न लायक भएन । तर खेलबाट सन्तुष्ट हुनुहुन्छ होला । हामीले सुधार्नुपर्छ । यदि हामी साफ र एसियन कपमा छनोट हुन चाहन्छौं भने सुधार गर्नुपर्छ । आज भारत बलियो देखियो । दोस्रो हाफको सुरुआती १० मिनेट मात्रै हामीले हार्यौं । सुरुआतदेखि नै हामीले जितको लागि खेलेका थियौं ।

किरणको मिस्टेक होइन, भाग्य हो:
मसँग भएका सबै खेलाडीले मौका पाउनेछन् । जब खेलाडी सम्पूर्ण रूपले तयार हुन्छन् तब मौका पाउँछन् । न्यूजकारखाना


Loading comments...