तीजमा पशुपतीनाथको दर्शन खुला हुने नहुने के छ तयारी? यस्तो छ पत्र


काठमाण्डौ । सनातन हिन्दु नारीहरुको महान चाड तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ ।

कोरोना भाइरस महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पशुपति क्षेत्र विकास कोषलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्न सकिने जनाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गर्न सकिने जनाएको हो ।

कोषले पशुपतिमा नियमित पूजा सञ्चालन गर्नेबारे तयारी थालेको छ । न्युजकारखाना

पत्रको वास्तविक प्रति हेर्नुहोस्ः


Loading comments...