
चार किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई व्यवसायी प्रहरी नियन्त्रणमा
१८ भाद्र २०७८, शुक्रबार २२:२२
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट सुनजस्तो देखिने चार किलो धातु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
‘चारकिलो सुन जस्तो पहेलो वस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरु श्री एयरलायन्सबाट काठमाण्डौबाट आएका हुन् । हामीले बरामद गरेको बस्तु सुन भए नभएको र उनीहरुले खरिद गरेको बिल बिजकको जाँच गर्दै छौ’– उनले भने ।
नेपालगञ्ज विमानस्थलमा सुनचाँदी व्यवसायी संघका अध्यक्ष सहित पुगेर घटनाको अनुसंन्धान सुरु गरेको प्रहरी जनाएको छ । प्रहरीले सुनसहित प्रहरी नियन्त्रणमा परेका व्यावसायीको परिचय खुलाएको छैन । न्युजकारखाना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इलाम – इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । खाल्डोमा गाडिएको अवस्था भेटिएको शव उत्खनन गरिएको
प्रतिमा सिलवाल/ चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका पाँच जना पुरुष मध्ये
काठमाडौं – बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई
मोरङ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय