Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार

कोरोनासँग मिल्दो लक्षण छन् ?, स्क्रब टाइफस पनि हुनसक्छ

१८ भाद्र २०७८, शुक्रबार २२:३५

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिएको जनाएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस रोग देखापरेकाले सचेत रहन आग्रह गरेको हो ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखा पर्नेलगायत लक्षण देखिन थालेकाले उच्च सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । स्क्रब टाइफसका बिरामीमा खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न गाह्रो हुनु जस्ता लक्षण पनि देखिन थालेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले परीक्षण गर्दा कोरोना नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रव टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीर रूप लिने चेतावनी दिएको छ । स्क्रव टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायत अंगमा असर गर्छ ।

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोके सर्नेगर्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो

ओखलढुंगा । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध

हेमन्त केसी, जाजरकोट । जाजरकोटका गाउँवस्तीमा आइरन चक्कीको अभाव छ । तर, स्वास्थ्य सेवा कार्यालय जाजरकोट भने चक्की गाउँघरका स्वास्थ्य

हेमन्त केसी, जाजरकोट । नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी