बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


सुनसरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिष्ठानका सबै पदाधिकारीहरु आर्थिक अनियमितिाका घटनामा संलग्न भएको पाइएपछि १७ भदौमा मन्त्रालयले पत्राचार गरेर अनिवार्य बाहेकका आर्थिक कारोबार बन्द गर्न प्रतिष्ठानलाई लिखित निर्देशन दिएको छ ।

प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितिा गरेको छानविन समितिले जनाएपछि स्वास्थ्य मन्त्रालयले पत्र काटेर प्रतिष्ठानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका उपसचिव प्रकास अधिकारीले बीपी प्रतिष्ठानलाई प्रतिष्ठानमा भएको आर्थिक अनियमितिाको विषयमा छानविन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेकाले दैनिक प्रशासनिक काम र अनिवार्य आर्थिक कारोबारबाहेकका काम तत्काल नगर्न लिखित निर्देशन दिएका छन् ।

बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी बीपी प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने माग राखेर ८२औं दिनदेखि आन्दोलनरत छन् । आन्दोलनकै कारणप्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले प्रधानमन्त्री समक्ष राजीनामा दिएका छन् भने अन्य तीनजनाले राजिनामा दिएका छैनन् । न्युजकारखाना

जारी पत्रको वास्तविक प्रति हेर्नुहोस्


Loading comments...