Lifestyle Portal
  •   ११ जेष्ठ २०७९, बुधबार

७६१ वटा सिंहदरबार देशले थेग्न सक्दैन : प्रभु साह

१९ भाद्र २०७८, शनिबार २२:०१

काठमाण्डौ । पूर्वमन्त्री प्रभु साहले ७६१ सिंहदरबारको भार देशले थेग्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित काठमाडौं-प्रदेश २ सम्पर्क मञ्चसँगको छलफलका क्रममा पूर्वमन्त्री साहले नेपालको सन्दर्भमा ७६१ वटा सरकार रहने व्यवस्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गरे । क्षेत्रफलमा विशाल र आर्थिक रूपमा अग्रस्थानमा रहेका देशहरूमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत ढंगले सयौं सरकार जन्माइएको बताए ।

उनले संसारमा कहिँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र रहेको, अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्थाहरू नेपालमा मात्र रहेकोले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।

‘संसारमा काहिँ नभएको तीन तहको सरकार नेपालमा छ । दर्जनौ संवैधानिक निकाय नेपालमा मात्र छन् । संसारमा काहिँ नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ । पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिने व्यवस्था नेपालमा छ । देशलाई खोक्रो बनाउने यस्ता व्यवस्था राखेर महान कार्य गर्यौ भन्न अलिकिति पनि लाज नमान्नेहरू पनि छन्’, पूर्वमन्त्री साहले भने ।

पूर्वमन्त्री प्रभु साहले संविधानसभाबाट संविधान जारी गर्ने समयमा नै यो संविधानले देशको भलाई गर्न नसक्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्ष गएका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो