Lifestyle Portal
  •   ३० आश्विन २०७८, शनिबार

भन्सार छलेर ल्याइएको ७५ लाखभन्दा बढीको औषधी बरामद

१९ भाद्र २०७८, शनिबार २२:१७

लोकप्रिय

सिरहा । सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाखभन्दा बढी मूल्यको औषधी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले शनिबार बिहान लहान–ठाँडी सडकअन्तर्गत लहान नगरपालिका–१९ कटहाचौकबाट लु१स ८००७ नम्बरको अट्टोसहित ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको भन्सार छलेको औषधी बरामद गरेको हो।

गस्तीमा रहेको प्रहरीलाई देखेर अट्टो चालक भागेपछि खानतलासी गर्दा रेकल-के २-७ नामक औषधी १५ कार्टुन, वेथोकल टेवालेट १० कार्टुन र क्यारेकल नामक ट्याब्लेट ५ कार्टुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी सुवास बुढाथोकीले बताए ।

अट्टोसहित बरामद औषधी कारबाहीको लागि भन्सार कार्यालय ठाँडी पठाइएको प्रहरीले जनाएको छ । बरामद औषधी र गाडी कसको हो भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई

भोजपुर । आफ्नै श्रीमती ४० वर्षीया छोती शेर्पाको हत्या गरेको अभियोगमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई

काठमाण्डौ, नेपालबाट हङकङमा अवैध लागूऔषध चरेशको कारोबार गर्ने गिरोहका ७ जनालाई ७ केजी ९ सय ७७ ग्राम अवैध लागूऔषध चरेश

काठमाण्डौ । ठुलो परिमाणमा भण्डारण गरेर लुकाईछिपाई राखिएका अवैध आतिसबाजी तथा पटकाजन्य सामाग्रीहरुका साथ बारा जिल्ला गढिमाई नगरपालिका वडा नं.