Lifestyle Portal
  •   २० आश्विन २०७९, बिहीबार

मनकामना केबलकार आजदेखि सञ्चालनमा, पूजा मन्दिर बाहिरबाटै

२० भाद्र २०७८, आईतवार १६:५८

अश्विन दानी, गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा रहेकाे मनकामना केबलकार आज आइतबारदेखि पुन: सञ्चालनमा आएकाे छ । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएकाे मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए ।

जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ । केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए । ‘भाैतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ’, सेरचनले भने ।

प्रालीले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गर्दै आएको छ ।

संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाकाे व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इनसान थापाले जानकारी दिए ।

डिसिसिएमसी गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरुको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युतसँग सम्बन्ध राख्नेहरुको

काठमाडौ । नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन

काठमाण्डौ । डिजिटल मेडिया तथा स्मार्ट कम्यूनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली

एपोलो पेन्टस प्रा. लि. ले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत् नेपाली चलचित्रका महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित