Lifestyle Portal
  •   ६ कार्तिक २०७८, शनिबार

संखुवासभामा ट्रक दुर्घटना हुँदा ट्रकले किचेर चालकको मृत्यु, १० घाइते

२० भाद्र २०७८, आईतवार १९:३४

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-१ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा तरकारी पुर्‍याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८०८३ नम्बरको मिनी ट्रक शनिबार राति चिचिला-१ पात्लेमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएकाे छ । पाण्डेको शव ट्रकले किचेकाे अवस्थामा फेला परेकाे थियाे। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइदैछ ।

अरुण तेस्रोको ड्याम साइडमा तरकारी पुर्याएर फर्कदै गर्दा मिनि ट्रक दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा घाइते १० मध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते खाँदबारी नगरपालिका-७ का २९ वर्षीय बब्लु मगर, भारतकाे आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

घाइते १० मध्ये आठ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् । दुर्घटनामा भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घाइते भएका छन् । खाँदबारी नगरपालिका-८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् । घाइते मध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती

आर्थिक महामन्दीले कुनै एक देश वा विश्वको कुनै एक क्षेत्रलाई प्रभावित गर्छ। त्यस देश वा क्षेत्रको अर्थतन्त्रलाई सुस्त पार्छ। त्यहाँका

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न