एक दशकपछि राष्ट्रिय टोलीमा गोलरक्षक विशालको डेब्यू


रमेश सुवेदी/काठमाण्डौ । राष्ट्रिय टोलीमा स्थान बनाएको करिब एक दशकपछि गोलरक्षक विशाल श्रेष्ठले डेब्यू गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा मैदान छिर्दै गोलरक्षक विशालले राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विशाललाई कप्तान किरण लिम्बुको स्थानमा मैदान प्रवेश गराएका थिए ।

व्यवसायिक फुटबलमा मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लबमा सफल रहेका विशाल पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यू गर्ने मौका पाएका हुन् ।


Loading comments...