
वेदमा महिलाहरुको स्थान
६ पुष २०७५, शुक्रबार ०९:२६
यथेमां वाचं कल्याणीमावदानि जनेभ्यः।
ब्रह्मराजन्याभ्यां शूद्राय चार्याय च स्वाय चारणाय॥
अर्थात जसरी मैले यि आशिषका शब्दहरु कुनै भेदभाव बिना भनें त्यसैगरि श्रोता या अध्यनकर्ताले पनि यी ज्ञानका बचनलाई हरेक पुरुष या महिलासमक्ष बाँढ्नु । ति व्यक्तिहरु ब्राह्मण, क्षेत्रिय, बैष्य, शुद्र, बिदेशी या अन्य ग्रहवाट आएका प्राणी किन नहुन् ।
एउटा विवाद निकै चुलिएको पाइन्छ, सनातन संस्कारमा महिलाहरुको उपस्थितीका विषयमा । अन्य धर्मका अवसरवादि ठेकदारहरुले हिन्दु धर्ममा प्रहार गर्न महिला विभेदका आरोपहरु निकै लगाएका छन् । यसै तर्क अनि अल्पज्ञानलाई आधार बनाएर धर्म परिवर्तन, आलोचना अनि निकृष्ट बचनहरु हिन्दु सनातन परम्परा माथि लगाइरहेको अवस्था छ ।
आउनुहोस आज थोरै शास्त्रार्थ गरौं कि के साच्चीकै सनातन सस्कारमा महिलाहरुलाई वेद पाठमा बर्जित गरिएकै हो त रु शास्त्रले के भनेको छ त ? भन्ने बिषयमा।
वेद पाठ महिलाहरुले गर्न नहुने अनि त्यसो गरेमा बिभिन्न अवरोधहरु आउने लगायत बिभिन्न धारणा र तथ्यहरु सुनिने गरिएको छ । हामीहरु यसको गहिराई सम्म पुग्ने कसरत नै नगरि केवल सतही कुरालाई आधार मान्दै आफ्नो धारणा बनाँउदछौं । स्मरण रहोस् कि वेदमा रहेको ताण्डेय ब्रहमणा मन्त्र त महिलाहरुले मात्रै पढ्नु पर्दछ । केवल महिलाहरुको लागि मात्र प्रार्थमिक्तामा राखेर बनाइएको उक्त मन्त्र ले आँफै वेदमा महिलाहरुको स्थान लाई निकै माथि राखेको भान हुन्छ । वेदमा त्यस्तो कुनै प्रकारको लैगिंक भेदभाव छैन भनी ‘द हिन्दु टाइम्स’ले समेत पटक-पटक प्रकाशीत गरेको छ । वेद पाठ गर्दा महिलाहरुको सन्तान उत्पादन क्षमतामा कमी आउने अनि भार पर्ने लगायतका फगत धारणाहरु ल्याइएको पाइन्छ जबकी यी कुराहरुमा कुनै सत्यता छैन् । शुक्ल यर्जुवेदको २६ को २ मा स्पष्टसंग लेखिएको छ कि पुरुष महिला दुबैका लागि बेद समान छ भनेर ।
उता अर्थव वेदमा त झन नैरोग्यताका लागि बिभिन्न जडीबुटी अनि पद्धतीका प्रयोग पनि सिकाइन्छ । परिवार अनि सुस्वास्थमा महिलाहरुको भूमिका अर्थव वेदले उतिबेलै आत्मसाथ गरेको पाइन्छ । बिभिन्न अध्ययनहरुले पनि बैद्धिक कालमै पनि महिलाहरुले समानरुपमा बेद अध्ययन गर्ने गरेको पाइएको छ । त्यसपछि ईशपूर्व २००० बर्षमा आएको मनुस्मृती सुत्रका कारणले वेद अध्ययनमा केही सिमा कोरिएको या कोरिन गएको अनि गलत धारणाको बिकास हुन गएको भनि बिभिन्न अध्ययनकर्ताहरुले लेखेका छन् ।
मनुस्मृती र पुराणकै बिषयमा स्वामी बिवेकानन्दको धारणा जस्ताको तस्तै प्रस्तुत गर्न चाह्यौं ।
मनुस्मृती र पुराणहरु थोरै ज्ञान भएका पुरुषहरुको ज्ञान सिमीतताको उपज हो । यिनमा धेरै अप-व्याख्या, भेदभाव र त्रुटिहरु छन् । उपनीषध र गीताहरु चाँही सत्य सनातन ग्रन्थहरु हुन्।
संभवत अब हामीले भागवत गीता र वेदहरुमा धेरै अध्यन गर्ने अनि कर्मकाण्डी पुस्तक र पुराणहरुमा भनें ध्यान हटाउने बेला आएको छ । मनुस्मृती भनेकै स्मृती अर्थात् संझना गरेको आधारमा लेखिएका पुस्तकहरु हुन् । धार्मिक पुस्तकहरु स्मृती या श्रुती लगायतका माध्यमले लेखिन्छ । स्मृती भनेको संझनाको आधारमा अनि श्रुती भन्नाले सुनेको आधारमा । हजारौं वर्ष अघिको स्मृतीका आधारमा लेखिएका या श्रुतीका आधारमा लेखिएका ग्रन्थहरु फरक हुन्छन्, तिनमा तथ्य भन्दा लेखकका धारणाहरु र पूर्वाग्रह धेरै हुनसक्ने संभावना हुन्छ ।
हरिद्धारको आचार्यकुलमका उपप्रधान आचार्य कृष्ण भट्ट स्वयमले बिवाह पश्चात आफ्नी धर्मपत्नीलाई वेद सिकाएको बताएका छन् । द हिन्दु टाइम्सलाई बताँउदै आफ्नी श्रीमतीले बिवाहपछि नै सस्कृत अनि बेद ज्ञानमा मास्टर्स अनि एमफील गरेकी स्पष्ट पारेका छन् । उन्का अनुसार हरिद्धारको आचार्यकुलममा जुनै जात, धर्म या कुलका बालबालिका या बिधार्थीलाई पनि निसन्देह अनि समानरुपले वेद अनि सस्कृत सिकाइने गरेको छ । उनका अनुसार वेद ज्ञानमा त झन बैज्ञानीक रुपमा ग्रह, दीशा, गुरुत्वाकर्षण अनि ब्रह्माण्डका बारेमा सिकाइन्छ ।
यर्जुवेदको १३ को २६ ले पनि त्यस्तै कुरा उजागर गरेको छ । महिलालाई सम्बोधन गर्दै महिलाहरु लाई कुनै पनि चुनौती या अफ्ठेराहरुले पराजय गर्न नसक्ने र महिलाहरुसंगको शक्तिले जस्तासुकै भयावह शक्तिलाई पनि पराजित गर्न सक्ने उल्लेख गरिएको छ । हजारौं मानव बरावरको सार्मथ्य एकै महिलाहरुमा हुने कारणले आफूसंग भएको शक्तिलाई जागृत र पहिचान गर्दे अगाडी बढ्न आग्रह गर्दछ । बिश्वले महिलावाट अदम्य साहसको अपेक्षा गरेको छ भन्ने अर्थ यस श्लोकले लगाँउदछ ।
फेरि अर्थव वेदको ११ को ५ को ८ को ब्रह्मचर्य शुक्तमा महिलाहरुले पनि पुरुष सरह समान रुपमा बिध्या आर्जन गर्नका लागि आव्हान र उत्प्रेरणा दिएको पाइन्छ । यस शुक्तले या भनौं श्लोकले महिला पुरुष समानताका लागि गज्जबले पैरवी गरेको छ है । हाम्रो शास्त्र माथि औंला ठड्याउने हातहरुका लागि यस्ता तथ्यहरु चोपीलो उत्तरहरु हुन् ।
अर्थव वेदकै ७ को ४७ को १ मा महिलाहरुलाई सकल ज्ञान को भण्डार अनि सम्पूर्ण कर्महरुको ज्ञानको श्रोतका रुपमा व्याख्या गरिएको छ ।
यत्तिका आदर अनि सम्मानका साथ वेदमा महिलाहरुलाई देबीको स्थान दिइएको छ । एकएक गर्दै अध्ययन गर्ने हो भने समानता अनि सदभावको लहर अनि श्रोतका रुपमा वेदलाई लिन सकिन्छ ।
महिलाहरुले वेद पाठ गर्न नपाउने कपोल कल्पित कुराहरु केवल भ्रम फैलाइएका मात्र हुन् ।
महिला अनि पुरुष दुबैलाई बैदिक ज्ञानको सागरमा स्वागत छ ।
यो लेख आफू पनि पढौं र सक्दो शेयर गरेर धर्मरक्षार्थ एक हौं ।
हेर्दै गरौं लाइभमाण्डु
-सुयोग ढकाल
अंग्रेजीमा पढ्नुहोस : https://livemandu.com/2529/
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा