Lifestyle Portal
  •   १० जेष्ठ २०७९, मंगलवार

महोत्तरीमा कांग्रेस अधिवेशन: आकांक्षीहरू नै खुल्न सकेका छैनन्

२१ भाद्र २०७८, सोमबार १०:०५

विशाल बस्नेत/महोत्तरी । नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमा नै हुने भएपछि देशैभर अधिवेसनको गर्मागर्मी बढिरहेको छ । पाटीभित्रको योगदान र क्रियाशीलताका आधारमा हरेक वडा, नगर र जिल्लाहरूमा कांग्रेसका नेताहरूको आआफ्नै दाबी छ । कतिपय ठाउँहरूमा सहमति भइसकेको छ भने कतिपय ठाउँहरूमा सहमतिका प्रयासहरू भइरहेका छन् ।

प्रदेश- २ का जिल्लाहरूमा भने न सहमति बन्न सकेको छ. न त सहमतिका प्रयासहरू नै भएका छन् । महाधिवेशन नजिकिँदै गर्दा जिल्लाका नगर, वडाहरूमा खासै तयारी देखिएको छैन ।

अझ महोत्तरी जिल्लामा त यसको तयारी शून्य देखिएको छ । जिल्लामा सभापतिको दाबेदारीमा चिरन्जीवी हमाल, नागेश्वर यादव, बजरङ्ग नेपाली र सुशील यादवको चर्चा चले तापनी कोही पनि खुल्न सकेका छैनन् ।

‘उहाँहरूले दाबी गरेको सुनिएको छ तर हामीलाई केही भन्नुभएको छैन । पालिकाहरूमा सहमति हुन सक्ने भए पनि जिल्लामा भने सहमति हुन नै सक्दैन´, नेपाल तरुण दल महोत्तरीका अध्यक्ष विनोद ढुंगेलले भने ।

तर, दाबी गरेका नेताहरूबीच नै गुट, उपगुट छन् । जिल्लामा अनौपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेकाहरूका लागि आआफ्नै समूहहरू तयार बनिसकेका स्रोत बताउँछ । यसैले पनि सहमतिको संभावनामा निक्कै कम रहेको बताइन्छ ।

कांग्रेस महोत्तरीमा यसरी विवाद सिर्जना हुँदै छ कि वडामा समेत सर्वसम्मतबाट उम्मेदवार छनोट गर्न अत्यन्त मुस्किल भइरहेको जिल्लास्तरीय नेताहरूको भनाइ छ ।

एउटा पालिकामा चार/चार जनासम्म सभापतिका अकांक्षीहरू छन् । लामो समयसम्म पार्टीमा योगदान भएको हुँदा कुनै पनि हालतमा सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने उनीहरूको अडान छ ।

बर्दिबास नगरपालिकामा मात्र अहिलेसम्म पाँच जनाभन्दा बढी उम्मेदवार छन् । तीमध्ये अगाडि देखिएका शंकर फुयाल, कुमार दाहाल र युवराज पोखरेल छन् । उनीहरूले कार्यकर्ताहरूसँग भोट नै माग्न सुरु गरिसकेको स्थानीय नेता माधव पौडेल बताउँछन् ।

क्षेत्र न‌ं. १ मा भने सहमतिको प्रयास नजिक-नजिक पुगेको स्थानीय नेता तथा बर्दिबास नगरपालिकाका सभापतिका अकांक्षी शंकर फुयालको भनाइ छ । ‘सकेसम्म क्षेत्र नं. १ मा उमेर, योग्यता, क्षमता र योगदानका आधारमा कोही पनि छुट्नेछैनन् भन्ने मैले विश्वास लिएको छु । नेता तथा कार्यकर्ताहरूले सही मूल्यांकन गर्नेछन्’, उनले भने, ‘सहमति, सहकार्य र सहअस्तित्व स्वीकार्ने पार्टी भएकाले सबै कार्यकर्ताले आफ्नो जित भएको महसुस गर्नेछन् ।’ न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,

काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले

काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा