
कलाकार रागिनीको सम्झना चित्र – Happy Father’s Day – “उनिहरुलाई भुक्न देऊ, म आफ्नो लक्ष्यमा हिँड्दै जान्छु”
२२ भाद्र २०७८, मंगलवार १०:०७
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला जीवनको कला यात्रामा मेरो बाबा सदा प्रेरणास्रोतको रूपमा रहनु भयो । र अहिले पनि उहाँले सिखाएका जीवनमन्त्रले मलाई जीवनको चुनौतीहरुमा मार्गदर्शन गरीरहेका हुन्छन् ।
पुरुषप्रधान देशमा महिलाले पुरुषबर्गलाई चुनौती दिना साथ अनैको कुरा काट्ने, इर्श्या गर्नै पनि साथै उत्पन्न हुँदो रहेछन् ।
कम उमेरमा मन पनि कमलो हुन्छ । भर्खर कला यात्राको विद्यार्थी जीवनको आरम्भमा छोरीहरुलाई समाजले बोलेको व्यंग्य सुन्दा मेरो कलिलो उमेरमा मेरो मन दुःखी हुँदा मेरा बाबाले भन्नुहुन्थ्यो – “तिमी हात्ती बन्नुपर्छ, आफ्नो जीवनको लक्ष्य प्राप्तिको लागि । कुक्कुररुपी सामाजिक जन्तुलाई भुक्न देऊ, केही दिन यस्तै इर्श्याले भुकि रहन्छन र पछि चुप लाग्छन । जति धेरै सफलता उत्ति धेरै लुकेर भूक्ने शत्रुहरु, तर लक्ष्य बोकी हात्ती आफ्नो बाटो हिँड्दै जान्छ । तिमी मेरो हात्ती हौ ।” अहिले सम्म बाबाले बताएको त्यही बाटोमा हाथि नै भएर हिँडेको छु।
यो तैल चित्र मैले मेरो बुबा को सम्झना मा उहाँ को मृत्यु उप्रान्त 1999 मा बनाएको चित्र हो । यस चित्रमा धेरै अगाडि इमा कोत (अमेरिकन फिल्म मेकेर)बाट सानm documentary फिल्म पनि बनेको छ । यो चित्रले प्रत्येक दिन मलाई हात्ती झैँ बलियो बनाई रहेको छ ।
#raginiart / Let them Bark, I go my way/ 1999/ Oil on canvas / 39/30 inches
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”
खोटाङ । केही समयअघि मृत आमा र तिनै आमाको काखमा सुतिरहेका दुधे बालकको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।