Lifestyle Portal
  •   १० जेष्ठ २०७९, मंगलवार

तीजमा घाम लाग्छ या पानी पर्छ ? यस्ताे भन्छन् माैसमविद्

२२ भाद्र २०७८, मंगलवार १०:१४

काठमाण्डौ । बिहीबार अर्थात् २४ भदौमा हरितालिका तीज मनाइँदैछ । त्यसको अघिल्लो दिन बुधबार दरखाने प्रचलन नारीहरूमा छ । अघिल्लो वर्ष कोभिड-१९ कै कारण जमघटसहित तीज मनाउन पाइएन, यो पटक पनि कोभिड-१९ कै जोखिम छ ।

यद्यपि, तीजमा व्रत बस्ने, एकाघर परिवारमा रमाइलो गर्दा समस्य नहुने जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

अर्काे चिन्ता छ- आइतबार साँझबाट मौसम प्रतिकूल बनेपछि यो पटकको तीज पनि हिलाेमय हुने त होइन ? आइतबार रातिकोजस्तो ठूलो वर्षा नभए पनि सोमबार राति पानी परेको छ ।

मंगलबार बिहान काठमाडौंसहितको आकाशमा बादल लागेको छ- प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

बुधबार र बिहीबार दिउँसो भारी वर्षाको सम्भावना नभए पनि बादल लागिरहने र बेलाबेला पानी पर्नसक्ने उनले बताए । जसले तीजकाे पूजाआजा गर्न मठमन्दिर हिँडेका नारीलाई असर गर्नसक्छ- सडकमा हिलाे बढ्न सक्छ ।

हाल नेपालमा बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव छ भने पश्चिम नेपालमा मनसुनी न्यून चापीय रेखाको असर छ । उक्त रेखाका कारण सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी र गण्डकीका पश्चिमी भेगमा वर्षाको सम्भावना छ । हाल तराई नजिक रहेको मनसुनी रेखा उत्तर-पूर्व सर्दै गएमा अझ वर्षा हुनसक्ने आँकलन मौसमविद्ले गरेका छन् ।

‘बर्खामा पानी नपर्ने भन्ने हुँदैन । बादल लाग्ने, पानी पर्ने त भइरहन्छ,’ मौसमविद् सापकोटाले भने, ‘यसले हिलो त पक्कै बनाउँछ नै तर आइतबार रातिको जस्तो ठूलो वर्षा भइहाल्ने देखिँदैन ।’

तर, तीजको दिन अर्थात बिहीबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जसको असर काठमाडौं उपत्यकामा पनि पर्ने मौसमविद् सापेकाटाले उल्लेख गरे । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो

जसरी मानिसको जीवन–चक्र हुन्छ त्यसैगरी वस्तुको पनि जीवन–चक्र हुन्छ। मानिसको जीवन चक्रमा चार अवस्था– जन्म, युवा, प्रौढ र मृत्यु भएझैं