Lifestyle Portal
  •   १४ जेष्ठ २०७९, शनिबार

डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

२२ भाद्र २०७८, मंगलवार २१:४२

फणी महत, रौतहट । दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले बताएका छन् ।

मास्क लगाएर आएका ९/१० जनाको संख्यामा रहेको समूहले लुटेको हो । घरमा झा कि श्रीमती, बुहारी र सानो नाती रहेको बताइएको छ ।

लुटेराले डेढ महिनाको शिशुको टाउकोमा पेस्तोल तेर्स्याएर हल्ला गरे गोली हान्ने धम्की दिँदै एक घण्टाभन्दा बढी समय कब्जामा लिएर लुटपाट गरेको पीडितले बताएका छन् ।

पीडित झाका अनुसार ५ लाख बराबरको नगद तथा गरगहना लुटेका छन् । झाका छोराहरु काठमाडौंमा रहेका बेला घरमा लुटपाट भएको हो ।

छोराहरुको कोठामा रहेको नगद र गरगहना कति थियो लुटिएको वा नलुटिएको उनीहरु आएपछि थाहा हुने परिवारका सदस्यहरुले बताएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा