Lifestyle Portal
  •   २ जेष्ठ २०७९, सोमबार

यस दुर्लभ संयोगमा गर्नुहोस् यस वर्षको हरतालिका तीज पूजा, शुभ साइत तथा पूजा विधि

२३ भाद्र २०७८, बुधबार ०५:३०

पण्डित पुरुषोत्तम अधिकारी । ‘हरतालिका तीज’को महत्व महिलाजनमा पवित्र आस्थाले भरिएको छ । श्रीमान तथा सन्तानको दीर्घायु तथा आरोग्यताका लागि हरतालिका तीजका दिन महिलाहरु निर्जला व्रत (पानी समेत नपिएर) बस्नेगर्दछन् । यस पटक हरतालिका तीज व्रतका दिन एउटा दुर्लभ संयोग बनेको छ ।

 

पण्डित पुरुषोत्तम अधिकारी

‘हरतालिका तीज’ व्रत, वैदिक सनातन हिन्दू संस्कार अथवा आस्थाका महिलाहरुले यस निर्जला व्रतलाई अखण्ड सौभाग्यको पर्वको रुपमा विशेष स्थानमा राखेका छन् । यस दिन महिलाहरु निर्जला व्रत राखेर आफ्नो श्रीमान तथा सन्तानको लामो आयू तथा उनीहरुको सुखी जीवन तथा आरोग्यताको आशिर्वाद कामना गर्दछन् । हिन्दू पञ्चाङका अनुसार हरतालिका तीज व्रत भाद्रपद महिनाको शुक्लपक्षको तृतीया तिथिका दिन लिने गरिन्छ । यस वर्ष २०७८/भाद्र/२४ अर्थात सन् 2021 September, 9 का दिन हरतालिका तीज पर्व परेको छ ।

विवाह योग्य कन्याहरुले सुयोग्य श्रीमान (पति, वर, जीवनसाथी) को कामना राखेर पनि हरतालिका तीजको व्रत राख्ने गर्दछन् । हरतालिका तीज व्रतका दिन माता पार्वती, आदिदेव भगवान शिव तथा मंगलमुर्ती श्रीगणेशको आराधना गर्ने गरिन्छ । हरतालिका तीज व्रतका दिन विशेषतः काठमाण्डौको पशुपतिनाथ लगायत देशभरका महादेव मन्दिरहरुमा पूजा-पाठ, आराधना गरी दर्शन गर्ने गरिन्छ । हरतालिका तीज व्रतका लागि केही दिन अगावै नयाँ कपडा, फलफूल, स्वादिष्ट मिष्ठान, सौभाग्यको सामग्री आदी विवाहित छोरी-चेलीहरुको घर पठाउने चलन रहि आएको छ ।

हरतालिका तीज व्रत: शुभ साइत
पञ्चाङका अनुसार, भाद्रपदको शुक्लपक्षको तृतीया तिथि भाद्र २४ गते ९ सेप्टेम्बर बुधवार २४ गते बिहान ४ बजेर ३ मिनेटबाट सुरु भएर राति २ बजेर १८ सम्म तृतीया तिथी रहनेछ । त्यसपछि चौथी तिथी प्रारम्भ हुनेछ । धर्म शास्त्रिहरुका अनुसार चतुर्थी तिथिबाट युक्त तृतीया तिथिले ‘वैधव्यदोष’ नाश गर्दछ तथा तिथीको यस योगले पुत्र-पौत्रादि (सन्तानवृद्धि) को सम्भावना बढाउँदछ ।

हरतालिका तीज व्रतका दिन ‘रवि योग’को छ दुर्लभ संयोग
माता पार्वतीको कृपाबाट भगवान शिवलाई प्रसन्न गर्ने पर्व हो हरतालिका तीज व्रत । यो व्रत हरेक वर्ष भाद्र शुक्ल तृतीया तिथिका दिन मनाउने गरिन्छ । यस पटक हरतालिका तीज व्रतका दिन करीब १४ वर्ष पछि ‘रवि योग’को दुर्लभ संयोग परेको छ ।

शुभ साइत
हरितालिका तीज व्रतको प्रदोष पूजाको शुभ साइत साँझ ६ बजेर १४ मिनेटदेखि राति ७ बजेर ५४ मिनेटसम्म रहेको छ । साँझ ५ बजेर १८ मिनेटबाट रवियोगको दुर्लभ संयोग प्राप्त हुनेछ । ज्योतिषशास्त्रमा रवि योगलाई अत्यन्त ओजपूर्ण प्रभावशाली मानिएको छ । रवि योगबाट कैंयन अशुभ योग निष्प्रभावी हुने मान्यता रही आएको छ ।

अविवाहित कन्याले यदि रवि योगमा शिव-पार्वतीको पूजा-पाठ, ध्यान, आराधना गरेमा विवाहमा सम्भावित सबै बाधा-अड्चनहरु आफै कमजोर भई वातावरण सहज बनाएर वैवाहिक जीवन सुखमय हुन थाल्छ ।


यो पनि पढ्नुहोस्ः हरतालिका तीजः तपाईं पनि यदि व्रत लिंदैहुनुहुन्छ यि कुराहरु उपयोगी हुन सक्छन्

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल

A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र