Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

नेपाल आइडलको ग्रान्ड फिनाले आज

६ पुष २०७५, शुक्रबार ११:१०


काठमाडौं । केही हप्ता अघिमात्र द भ्वाइस अफ नेपालको फिनाले भएको थियो । जसबाट सि.डि.बिजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल बन्न सफल भए । त्यसैगरी अर्को सांगितिक रियालिटि शो नेपाल आइडल सिजन २ को ग्रान्ड फिनाले आज शुक्रबार पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसको मैदानमा हुँन गइरहेको छ । पहिलो संस्करण कतारमा गरिएको थियो, त्यस समयमा प्राविधिक समस्याले लाइभ हेर्न पाइएको थिएन । तर आजको फाइनल एपि वान, युटुवबाट एकैसाथ प्रत्यक्ष प्रसारण हुनेछ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा भएका थिए ।

उपाधिको लागि बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवि ओड फाइनलमा पुगेका छन् । दर्शकहरुको भोटको आधारमा आज दोस्रो नेपाल आइडल छानिनेछन् । देशका विभिन्न ठाँउमा आफनो मनपर्ने प्रतिस्पर्धीलाई जिताउन विभिन्न अभियानहरु सञ्चालन भएका छन् । को बन्ला त दोस्रो नेपाल आइडल निकै अत्सुकताको विषय बनेको छ । सामाजिक सञ्जालमा पनि नेपाल आइडलको आजको फाइनलको लागि लिएर निकै अनुमानहरु गर्न थालिएको छ । हेरौ कस्ले प्राप्त गर्नेछन दर्शकहरुको अत्यधिक साथ । ग्रान्ड फिनालेको सफलताको लागि नेपाल आइडल परिवारलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले