
एमसीसीबारे गलत हल्ला फैलाइयो : प्रधानमन्त्री देउवा
२३ भाद्र २०७८, बुधबार १४:१५
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा जनमानसमा गलत हल्ला फैलाइएको बताएका छन् ।
नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उनले एमसीसीबारे गलत हल्ला फैलाइएकोले त्यस भ्रमलाई चिर्न नेपाली कांग्रेसका सांसदलाई निर्देशन दिए । ‘हामीले अमेरिकाबाट देश विकासमा अनुदानका लागि एमसीसी सम्झौता गरेका हौं,’ उनले भने, ‘यो विकासका लागि दिइएको अनुदान हो । यसमा धेरै राजनीति गर्न खोजियो । त्यो आवश्यक छैन ।’
कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताएका छन् । उनले नेपालको विकासका लागि एमसीसी अहिले एकाएक नभई निश्चित कानुनी प्रक्रिया पूरा गरेर सम्झौता गरिएको जानकारी दिए ।
उनले एमसीसी पारित गर्नका लागि सत्तारुढ र विपक्षीदलसँग छलफलसमेत गर्ने बताए । बैठकमा प्रधानमन्त्री र कांग्रेस सांसदबीच एमसीसीबारेमा सवालजवाफ समेत भएको थियो । न्यूजकारखाना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा
मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै
वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी,
काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो