Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

रोनाल्डो विना नै पोर्चुगलको सहज जित

२३ भाद्र २०७८, बुधबार १५:१०

काठमाण्डौ । कतार विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ । मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

समूह ‘ए’ अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा बर्नान्डो सिल्भा, एन्द्रे सिल्भा र डियगो जोटाले १-१ गोल गरे ।रोनाल्डो विना नै मैदान प्रवेश गरेकाे पोर्चुगलले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेकाे हाे ।

साेही समूहको अर्को खेलमा आयरल्यान्ड र सर्बियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शीर्ष स्थानमा रहेको पोर्चुगलले जितसँगै समूह ‘ए’मा पाँच खेलबाट १३ अंक बनाएको छ । समान खेलबाट सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ । समान खेलबाट २ र १ अंक बनाएका आयरल्यान्ड र अजरबैजान क्रमश: तालिकाको चौथो र पाँचौ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ ।

सातौ श्रृंखलाको टि-२० विश्वकप क्रिकेट २०२१ (T20 World Cup 2021) को नयाँ विश्वविजेता घोषणा भइसकेको छ । आइतबार यूनाइटेड अरब

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै