Lifestyle Portal
  •   २० आश्विन २०७९, बिहीबार

संघीय संसद बैठकमा एमालेले सभामुखलाई अप्ठ्यारो पार्न सक्ने

२३ भाद्र २०७८, बुधबार १५:३१

काठमाण्डौ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक बुधबार आजबाट सुरु हुँदैछ ।

मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेपछि दुबै सदन आजबाट सुरु हुन लागेको हो ।

सरकारले नागरिकता विद्येयक, संघीय निजामती विधेयक, राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत अन्य अध्यादेशलाई संसदमा पेश गर्ने सम्भावित कार्यसूचीमा राखेकाे छ ।

गत ३२ साउनमा संसद स्थगित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको सरकारले एमाले र जनता समाजवादी पार्टी विभाजनको लागि ढोका खुल्ला गरिदिएको थियो ।

गत मंगलबारसम्म स्थानीय, प्रदेश र संघीय संसदलाई दल रोज्न छुट दिइएको प्रति मुख्यतः प्रमुख प्रतिपक्ष दल एमालेले आपत्ति जनाउँदै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेले निस्काशनका लागि कारबाही सिफारिस गरेका सांसद्को सनाखत नगरिदिएको प्रति आपत्ति जनाउँदै आएको छ । जसकाकारण, सहज ढंगले संसद अधिवेशन सूचारु होला भन्ने आशंका कायमै छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कफ्तान क्रिकेटर सन्दीप लामिछाने कतार एयरवेजको क्यूआर-६४८ नम्बरको

भारत–नेपाल सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक भारत सरकार जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत, नदी विकास एवं गंगा संरक्षण विभागका सचिव

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android