संखुवासभा हत्याकाण्ड : सुनसरीमा भयो ६ जनाको सामूहिक दाहसंस्कार


सुनसरी । संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका ६ जनाको इटहरीको बुढीगंगास्थित मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ । एकै परिवारका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको हो । त्यसअघि शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो ।

अन्त्येष्टिका लागि तेजबहादुरका छोरा रमेश कार्की दुबईबाट मंगलबर मात्र धरान पुगेका थिए, उनी कान्छो छोरा हुन् । जेठा छोरा रमेश भने वैदेशिक रोजगारीको क्रममा मलेसियामा छन् ।

तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीको एउटै चितामा राखेर अन्त्येष्टि गरिएको छ । तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की नाति ११ वर्षीय दीपेन कार्की नातिनी सात वर्षीया गोमा कार्कीको शव एउटै चितामा राखेर अन्त्येष्टि गरिएको थियो भने तेजबहादुरकी आमा पार्वती कार्कीलाई छुट्टै चितामा राखिएको थियो ।

सोमबार बिहान तेजबहादुरसहित परिवारका ६ जनाको शव फेला परेको थियो । तेजबहादुर, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा मृत अवस्थामा फेला परेका थिए । तर अहिलेसम्म कसले र किन हत्या गरेको हो भन्ने खुलिसकेको छैन । संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली अनुसन्धानमा खटिएका छन् ।

साथै प्रदेश नम्बर १का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार बिसी घटनास्थलतर्फ गएका छन् ।

तस्वीरः खाँदबारीएफएम


Loading comments...