स्वाथ्यको ख्याल गरी तीज पर्व मनाउन उपराष्ट्रपति पुनको आग्रह


काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले हरतालिका तीजको शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशको पुरा पाठ
नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज)-२०७८ को अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

आज विशेष गरी हिन्दु महिलासहित अधिकांश नेपाली महिला दिदीबहिनीहरूले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तीज मनाउँदै हुनुहुन्छ । पानीसमेत नपिएर मनाउने परम्पराले तीजमा धेरै दिदीबहिनीहरूको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछ । साथै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन आग्रह गर्दछ।

नेपालको राजनीतिक परिवर्तन र नेपाललाई विश्वसाम् परिचति गराउन नेपाली महिलाहरूको योगदान उच्च छ। म महिलाहरूको महान् पर्वको अवसरमा नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा महिलाहरूले पुयाउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु । राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व, पैतृक सम्पत्तिमा महिलाको हक लगायतका राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्राप्त महिला अधिकारका लागि गौरव गर्न आग्रहसमेत गर्दछ । साथै, यी उपलब्धीहरूको रक्षाका लागि सचेत हन र खबरदारी जारी राख्न पनि महिला दिदीबहिनीहरूलाई आग्रह गर्दछु।

अन्तमा, तीज पर्वले नेपाली महिलाहरूमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै देशको विकास र समृद्धिमा महिला सहभागीता वृद्धिका लागि प्रेरणा दिने विश्वास लिएको छु । यो वर्षको तीज विगत वर्षहरूमा भन्दा सिर्जनशील बन्ने अपेक्षा लिएको छ। तीज उल्लासमय रहोस्, हार्दिक शुभकामना।

साथै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरेका छन् ।

शुभकामना सन्देशको वास्तविक प्रतिः


Loading comments...