Lifestyle Portal
  •   १३ जेष्ठ २०७९, शुक्रबार

पोल्यान्डसँग बराबरीमा रोकियाे इंग्ल्याण्ड

२४ भाद्र २०७८, बिहीबार ०९:१४

काठमाण्डाै । कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड १-१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफ गोलरहित बराबरीको अवस्था सकिँदा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । काइल वाकरको पासमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई ७२औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, इन्जुरी समयमा डामियन स्जिमान्स्कीले रोबर्ट लेवान्डोस्कीको पासलाई हेडमार्फत गोल गर्दै टोलीको हार टारेका हुन् ।

समूह ‘आई’मा १६ अंकका साथ इंग्ल्याण्ड शीर्ष स्थानमा कायम छ । उसको ६ खेलबाट १६ अंक छ ।

अल्बानिया १२ अंकका साथ दोस्रो स्थानमा रहँदा पोल्यान्ड ११ अंकका साथ तेस्रो, १० अंक जोडेको हंगेरी चौथो तथा तीन अंकका साथ एन्डोरा पाँचौ स्थानमा छन् । खाता खोल्न नसकेको सान मारिनो पुछारमा छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ ।

सातौ श्रृंखलाको टि-२० विश्वकप क्रिकेट २०२१ (T20 World Cup 2021) को नयाँ विश्वविजेता घोषणा भइसकेको छ । आइतबार यूनाइटेड अरब

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै