Lifestyle Portal
  •   ८ कार्तिक २०७८, सोमबार

म्यासोडोनियाको कोभिड अस्पतालमा आगोलागी, १० बिरामीको मृत्यु

२४ भाद्र २०७८, बिहीबार ०९:२३

एजेन्सी, बाल्कन्स । म्यासोडोनियामा एउटा अस्पतालमा आगोलागी हुँदा कम्तिमा १० बिरामीको मृत्यु भएको छ । उत्तरी म्यासोडोनियाको एउटा कोभिड अस्पतालमा आगोलागी हँुदा बिरामीको जलेर मृत्यु भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ ।
अग्नि नियन्त्रकहरुले आधा घन्टामा नै आगो नियन्त्रणमा लिएका थिए ।

मृतकको संख्या अझै बढ्न सक्ने स्वास्थ्यमन्त्री भेनको फिलिप्सीले जानाकारी दिए । आगो लागेपछि बिरामीलाई अन्य अस्पतालमा लगिएको थियो । आगो लाग्दा अस्पतालमा कति बिरामी थिए भन्ने प्रष्ट पारिएको छैन ।

कोरोनाभाईरसका गम्भीर विरामीलाई उपचार गर्न गत वर्ष सो अस्पताल निर्माण गरिएको थियो । २० लाख जनसंख्या भएको म्यासोडोनियामा अहिलेसम्म कोभिडका कारण ६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका

एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध

एजेन्सी, यांगुन । म्यानमारकोे सेना र विद्रोहीबीच जारी हिंसामा एउटा सहरका आधाभन्दा बढी विस्थापित भएका छन् । पश्चिम म्यानमारको चीन

एजेन्सी, प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले