दीर्घ दमखोकी (सीओपीडी) व्यवस्थापनको अनुसन्धान सुनसरीमा हुँदै


सीओपीडी ( क्रोनिक अब्सट्रक्टीभ पल्मोनरी डिजिज) दीर्घ खालको रोग हो । संसारका कतिपय विकसित देशहरुले सीओपीडी व्यवस्थापनलाई प्राथमिकता दिइरहेको बेला नेपालमा पनि यसको सुरुवात भएको छ ।युनिभर्सिटी अफ न्यु साउथ वेल्स , अष्ट्रेलियाका अनुसन्धानकर्ता उदय नारायण यादव , प्राध्यापक डा। मार्क फोर्ट ह्यारिस , डा. हस्सन होस्सैन्जदेह , एसोसिएट प्रोफेसर डा. जेन र पाटन स्वास्थ्य विज्ञान प्रतिसठानका प्राध्यापक डा. केदार प्रसाद बरालको टिमले सो अनुसन्धानको थालनी सुनसरीको गढी र बर्जु गाउपालिकाका केही क्षेत्रमा गरेका छन ।
यो अनुसन्धान कार्य गत असोजबाट सुरु गरिएको हो । यस अनुसन्धानको पहिलो कार्य अन्तर्गत सुनसरीका २५० जना बिरामीको तथ्याङक महिला स्वास्थ्य स्वयम सेविकाहरुबाट पत्ता लगाई उनिहरुको अवस्था बुझ्न सर्वेक्षण गरिएको थियो। अनुसन्धानको दोस्रो कार्य अन्तर्गत आउदो चैत्र महिना देखी उक्त बिरामी मध्येबाट ४० जनालाई छनोट गरी उनिहरुलाई सीओपीडीको स्व – ब्यबस्थापन कसरी गर्ने र रोटा क्याप कसरी प्रयोग गर्ने भनेर तालिम दिईनेछ। अनुसन्धानकर्ता तथा चिकित्सकको टोलीले उक्त तालिम बिरामीहरुलाई प्रदान गर्ने भएका छन ।

यो स्व -व्यवस्थापनको तालिमले बिरामीहरुको जीवन गुणस्तर सुधार गर्न निकै ठुलो मदत पुर्याउने अनुसन्धानकर्ता यादवले बताए । “बर्जु तथा गढी गाउँपालिकाको सहकार्यमा युनिभर्सिटी अफ न्यू साउथ वेल्सले अनुसन्धान कार्य अहिले भईरहेको ” उनले भने । यो अनुसन्धानमा प्राध्यापक डा। नरेन्द्र भ ट्ट ( विभागीय प्रमुख , पल्मोनरी मेडिसिन, बि. पि. को. स्वा. बि. प्र. धरान ) र डा. रोशन पोखरेल (मेडिकल सुपरिटेण्डेण्ट,कोशी अञ्चल अस्पताल ) सल्लाहकारका रुपमा संलग्न रहेका छन ।
सीओपीडी दीर्घ खालको रोग भएकोले यो जरै देखी निर्मुल हुँदैन । सामान्य भाषामा बुझ्दा यो रोगमा सास जाने बाटो साँघुरो हुँदै जान्छ र सास फेर्न गाह्रो हुन्छ । यो रोगको जोखिम ४० बर्ष पछिका व्यक्तिहरुमा धेरै हुने गरेको छ । यो रोगमा विभिन्न लक्षणहरु देखा पर्छन । जस्तै: धेरै दिन खोकी लागिरहने, दुई चार खुड्किलो भरर्याङ चढ्दा पनि स्याँ -स्याँ हुने, छातीबाट घ्यार घ्यार आवाज आउने , स्वास फुल्ने, राती सुत्दा स्वास फेर्न असहज हुने, खोक्दा पहेलो खकार आउने आदी रहेका छन । यसबाट जोगिनको लागि धुम्रपान नगर्ने , धुलो धुवाबाट टाढा बस्ने, धुलो धुँवा भएको ठाउँमा तथा सिमेन्ट र धुलोमा काम गर्ने कामदारहरुले मास्कको प्रयोग गर्ने, घर वरीपरी हरियाली कायम गर्ने , लगातार खोकी , छाती घ्यार घ्यार र सास फुलेमा चिकित्सकलाई देखाउने ।
-Uday Narayan Yadav, Ph.D Scholar


Loading comments...