स्वास्थ्य मापदण्डको पालना गरी तीज मनाउन प्रधानमन्त्रीकाे आह्वान


काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरी हरतालिका तीज मनाउन आह्वान गरेका छन् ।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तीज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै तीज मनाउन अनुरोध गरेका हुन् ।

प्रम देउवाले तिज सामाजिक सद्भावसहितको पर्व रहेको र तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सदभाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन्।

आज हरतालिका तीज मनाइँदैछ । तीजकाे अवसरमा महिलालाई सार्वजनिक विदा दिइएकाे छ । न्युजकारखाना


Loading comments...