
स्ट्राइकर सावित्राबिनै बंगलादेशविरुद्ध मैदान उत्रिँदै नेपाल
२४ भाद्र २०७८, बिहीबार ११:३२
रमेश सुवेदी/काठमाण्डौ । भारतमा आयोजना हुने एएफसी महिला एसिया कप-२०२२ छनोटको तयारी स्वरूप नेपाल र बंगलादेश फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछन । दोस्रो खेल आइतबार हुनेछ ।
बिहीबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुँदैछ ।
करिब तीन वर्षपछि पहिलो पटक भेट हुँदै गर्दा नेपाल र बंगलादेशका अधिकांश खेलाडी परिवर्तन भइसकेका छन् । बंगलादेश र नेपाल दुबैमा अहिले युवा खेलाडीको बाहुल्य छ । विशेषगरी दुबै टोलीमा उमेर समूहका यू–१६ र १९ खेलेका खेलाडी छन् ।
यसपटक बंगलादेशविरुद्ध नेपालको मुख्य हतियार नै उपलब्ध हुने छैन । दक्षिण एसियाली महिला फुटबलमा ‘नम्बर वान’ को रूपमा आफूलाई स्थापित गरेकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) बंगलादेशविरुद्ध मैदानमा देखिने छैनन् । कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गराएकी सावित्रा हाल अस्पेटारमै स्वास्थ्य लाभ गरिरहेकी छिन् ।
उनको अनुपस्थितिमा बंगलादेशसमेत नेपाललाई दबाब दिन चाहन्छ । कम्तिमा बंगलादेश सावित्राको अनुपस्थितिमा नेपाललाई पराजित गर्न चाहन्छ । सावित्रा नेपाली टोलीमा नहुँदा बंगलादेशका डिफेण्डरले दबाबमुक्त भएर खेल्न पाउने बंगलादेशी प्रशिक्षक गोलाम रोबानी चोटोनको विश्वास छ ।
नेपाली टिम भने सावित्राको अनुपस्थितिमा बंगलादेशलाई राम्रो चुनौती दिने र घरेलु दर्शकलाई दु:खी नबनाउने योजनामा छ । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स सावित्राको अनुपस्थितिमा युवा खेलाडीले ‘टिम गेम’ खेल्ने र जितको लागि मैदान प्रवेश गर्ने बनाउँछन् ।
नेपाली प्रशिक्षक ग्यारीले यसअघि नेपाली टोली सावित्रा नै निर्भर रहेको र अबका दिनमा टिम गेम खेल्दै विपक्षीलाई दबाब दिने बताउँछन् ।
प्रशिक्षक ग्यारीले सावित्राको स्थान कसले लिन्छ भन्नेमा सम्पूर्णको चासो रहेको र खेलाडीलाईसमेत यसले गर्दा दबाब हुने बताए ।
हाल फिफा बरियतामा भने नेपाल बंगलादेशभन्दा निकै माथि छ । नेपाल १०१ स्थानमा रहँदा बंगलादेश १३७ स्थानमा छ ।
बंगलोदशसमेत औषत युवा खेलाडी लिएर नेपाल भ्रमणमा निस्केको छ । उसको कप्तान सविना खातुनमात्रै २५ वर्षकी छिन् । अन्य भने यू–१६ र १९ खेलिरहेका टोलीका खेलाडी हुन् ।
एएफसी महिला एसिया कप २०२२ को छनोट खेलमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपालले पहिलो खेल १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बर मा हङकङसँग उज्वेकिस्तानमा खेल्नेछ ।
जी समूहमा रहेको बंगलादेशले इरान र जोर्डनको सामना गर्नेछ ।
२३ सदस्यीय नेपाली टिम :
गोलरक्षक : अन्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ
डिफेण्डर : अमृता जैशी, विमल विक, गीता राना, हीराकुमारी भुजेल, नीशा थोकर, पूजा राना, पुनम जर्घा मगर, ईन्दिरा राई, सृजनासिंह ठकुरी
मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मन्जलीकुमारी योञ्जन, प्रिती राई, रेनुका नगरकोटी, सविता राना, विमला चौधरी
स्ट्राइकर : अनिता केसी, रजनी थोकर, रस्मी घिरिङ, सरु लिम्बु
न्यूजकारखाना
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
न्युज कारखाना काठमाडौं, १८ पुस लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३१ को नतिजा सुम्पिएको छ । लिभरपुल १७ खेलमा २८ अंकसहित
काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कफ्तान क्रिकेटर सन्दीप लामिछाने कतार एयरवेजको क्यूआर-६४८ नम्बरको
नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका
जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ ।