एमसिसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने


काठमाण्डौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार आज बिहीबार नेपाल आउँदैछिन् । उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा रहनेछन् । उनीहरू बिहीबार कतारबाट काठमाडौँ आउन लागेका हुन् ।

नेपालमा एमसिसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसिसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।

एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि गिजोलिएको छ । कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।


Loading comments...