Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

प्रितीको डेब्यु गोल, नेपाल २-० ले अगाडि

२४ भाद्र २०७८, बिहीबार २०:०१

रमेश सुबेदी/काठमाण्डौ । युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रिती राईले डेब्यु गोल गरेकी हुन् ।

नेपालको लागि प्रितीले खेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् ।

नेपाल यू-१५ टोलीको कप्तान समेत रहेकी प्रितीले डेब्यु खेलमै राष्ट्रका लागि गोल गरेकी हुन् ।

यस अघि सविता राना मगरले नेपाललाई अग्रता दिलाएकी थिइन् । सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले

पाकिस्तानलाई १५२ रनको लक्ष्य टी-२० विश्वकप क्रिकेट अन्तर्गत भर्खरै सम्पन्न पहिलो पारीको भारत-पाकिस्तानबिचको खेलमा भारतले पाकिस्तान सामू १५२ रनको चुनौती