Lifestyle Portal
  •   १० जेष्ठ २०७९, मंगलवार

राष्ट्रिय टोलीबाट सिर्जनाको डेब्यु, नेपालको प्रदर्शन उत्साहजनक

२४ भाद्र २०७८, बिहीबार १९:५०

रमेश सुवेदी/काठमाण्डौ । सिर्जनासिंह ठकुरीले नेपाल राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै सिर्जनाले राष्ट्रिय टिमबाट डेब्यु गरेकी हुन् ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सिर्जनालाई हीरा भुजेलको स्थानमा मैदान प्रवेश गराएका हुन् । गत राष्ट्रिय महिला लिगमा डिफेण्डर सिर्जनाले विराटनगरबाट खेलेकी थिइन् ।

यसैबीच दोस्रो हाफको खेल जारी रहँदा नेपालले २-० को अग्रता बनाएको छ । नेपालका लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे ।

खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् ।

खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीति राईले डेब्यु गोल गरेकी हुन् । प्रीतिले मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् ।

नेपालको उमेर समूह यू-१५ र १९ टोलीबाट खेलिसकेका प्रीति र सविताले डेब्यु खेलमै राष्ट्रका लागि गोल गरेका हुन् ।

खेलको ४९ मिनेटमा नेपालले तेस्रो गोल गर्ने मौका गुमायो । मैदानको बायाँ भागबाट सरुले मिलाएको पासमा प्रीतिले सिक्स यार्ड बक्सबाट हानेको सशक्त प्रहार बंगलादेश गोलरक्षक रुप्ना चक्माले उत्कृष्ट पन्च गरिन् ।

प्रशिक्षक फिलिप्स ग्यारीले नेपालको प्लेइङ सेटमा सविता र प्रीतिलाई डेब्यु गराएका थिए । यसअघि ग्यारीले ३२ सदस्यीय टोलीमा सात जना नयाँ अनुहारलाई स्थान दिएका थिए ।

नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । दोस्रो खेल शुक्रबार हुनेछ ।

एएफसी महिला एसिया कप- २०२२ को छनोट खेलमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपालले पहिलो खेल १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग उज्वेकिस्तानमा खेल्नेछ ।

यता, ‘जी’ समूहमा रहेको बंगलादेशले इरान र जोर्डनको सामना गर्नेछ ।

नेपाली टिम
गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डर : हीरा भुजेल, गीता राना, अमृता जैसी, पूजा राना
मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दीपा राई, मन्जली कुमारी योञ्जन, बिमला चौधरी
स्ट्राइकर : सरु लिम्बू

न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ ।

सातौ श्रृंखलाको टि-२० विश्वकप क्रिकेट २०२१ (T20 World Cup 2021) को नयाँ विश्वविजेता घोषणा भइसकेको छ । आइतबार यूनाइटेड अरब

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै