Lifestyle Portal
  •   ८ जेष्ठ २०७९, आईतवार

कांग्रेस महाधिवेशन नरोकिने : सर्वोच्चले दिएन अन्तरिम आदेश, रिट खारेज

२५ भाद्र २०७८, शुक्रबार ००:०७

काठमाण्डौ । सर्वोच्च अदालतले सत्तारुढ नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको रिट खारेज गरेको छ ।

कांग्रेस बाग्मती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले १७ भदौमा दायर गरेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेश दिन आवश्यक नरहेको ठहर गर्दै रिट खारेज गर्ने फैसला गरेको हो ।

वैद्यले कोभिड महामारी कायमै रहेको, माओवादी र एमालेको पनि महाधिवेशन नभएको तथा कांग्रेसको वैधानिकता अझै एक वर्ष कायमै रहेको भन्दै मंसिरमा तोकिएको महाधिवेशन स्थगित गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

उनले रिट दायर गरेको भोलिपल्ट १८ भदौबाट कांग्रेसको वडा अधिवेशन सुरू भएको थियो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन सुरू भइसकेको जानकारी बिहीबारै निर्वाचन आयोगमा बुझाइसकेको छ ।

अदालतले रिट खारेज गरेसँगै अब कांग्रेसको महाधिवेशन नरोकिने भएको छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं महानगरको मेयर पदका लागि लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह दुवै प्रतिद्वन्द्धिहरुविरुद्ध आज विहानसम्म पनि अत्याधिक मतले

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ