स्लिम किम: नयाँ लुक्समा देखिए कोरियाली नेता किम, एक वर्षमा घट्यो २० किलो तौल


ङएजेन्सी, प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मक रुपमा ‘स्लिम’ देखिएका छन् । प्योङयाङमा आयोजित एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो र छरितो देखिएका हुन् । लामो समयपछि सार्वजनिका कार्यक्रममा देखिएका उनको नयाँ ‘लुक्स’ प्रति धेरैको ध्यान केन्द्रित थियो । पछिल्लो समयमा किमको ह्वात्तै तौल घटेको छ । एक वर्षमा उनको २० किलो तौल घटेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् । उनले अस्वभाविक तौल घटेको एक दक्षिण कोरियाली सांसदले समेत बताएका छन् ।

हल्का खैरो र सेतो रंगको सुट लगाएका किम सो कार्यक्रममा केही बोलेनन् । मन्द मुस्कानसहित हात हल्लाएर परेडका सहभागीलाई अभिभादन गरेका थिए । अत्यधिक चुरोट पिउने र शारीरिक रुपमा भद्दा किमको ‘लुक्स’ पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरमै चासोको विषय बनेको छ ।

लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिंदा किमको टाउको पछाडिको भागमा ब्यान्डेज टाँसिएको थियो । उनी गम्भीर बिरामी परेको हुनसक्ने अनुमान गरिएको थियो । उनको हातको नाडिमा सुई लगाएको दाग देखिएको थियो । किमको मुटुको शल्यक्रिया भएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका थिए । उनको वंश नै ह्यदयाघातबाट पीडित छ ।

सैन्य परेडमा यसअघि जस्तो नयाँ हतियार प्रदर्शन र आणविक शक्तिको रबाफ देखिदैनथ्यो।


Loading comments...