Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण

२६ भाद्र २०७८, शनिबार १७:१२

हेमन्त केसी, जाजरकोट । नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् ।

भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए । बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण पाइएपछि ८ साउनमा १८ बालबालिकाको नमूना परीक्षण गरिएको थियो ।

खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरा, क्षयरोग र पोलियोजस्ता रोगको संक्रमण देखिनसक्ने चेतावनी चिकित्सकले दिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाले अनुगमन पनि गरेको छ ।

गत वर्ष ललितपुर, सर्लाही, झापा र धादिङमा १ सय २५ जनामा दादुराको संक्रमण पाइएको थियो । त्यसअघि सन् २०१९ मा देशभर दादुराका बिरामीको संख्या ४ सय ३० रहेको थियो । न्यूजकारखाना

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । बिपि कोईराला क्यान्सर अस्पताल भरतपुरका तत्कालिन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी नुवाकोट बिदुर नगरपालिका-१२

नेपालमा ज्यादै चल्ने विचारहरू मध्ये बामपन्थी बिचार पनि एक हो। अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्कतिमा छ।

प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।