Lifestyle Portal
  •   ११ जेष्ठ २०७९, बुधबार

देउवाले सुमारलाई भनेः ‘एमसीसी अगाडि बढाउन छलफल गरिरहेको छु’

२६ भाद्र २०७८, शनिबार २३:३१

काठमाण्डौ । प्रधानमन्त्री शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौता अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल गरेको बताएका थिए ।

एमसीसीका उपाध्यक्ष सुमारले उक्त सम्झौता संसदबाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै सम्झौता नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

उपाध्यक्ष सुमार हिजो (बिहीबार) काठमाडौं आएसँगै राजनीतिक भेटमा व्यस्त रहेकी छन् । उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी, भैरहवास्थित ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा अवतरण गरेको ‘जजिरा एयरलाइन्स – Jazira Airlines’को विमानमा चरा ठोक्किएको छ । हिजो

तपाईंको भान्सा झन महंगो हुने भएको छ भने सवारी इन्धनमा समेत महंगीको अर्को थप मूल्य बढेर आएको छ । नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल