डेब्यु खेलमा रोनाल्डोको गोल (इंग्लिस प्रिमियर लिगका सम्पूर्ण नतिजासहित)


म्यानचेस्टर । इंग्लिस प्रिमियर लिग (इपिएल) मा क्रिष्टियानो रोनाल्डोले दोस्रो डेब्यु गर्दा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक-एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक सान्त्वना गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले डेब्यु खेलमै गोल गरेका हुन् । उनी इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड आएका हुन् ।

जितसँगै युनाइटेड खेल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले चार खेलमा १० अंक जोडेको छ । न्युकासल एक अंक जोडेर १९औँ स्थानमा छ

शनिबार राति नै भएको खेलमा टोटनहमले शीर्ष स्थानमा अंक दूरी बढाउने अवसर गुमाएको छ । यसअघि शतप्रतिशत जित निकालेको टोटनहम न्युक्यासल युनाइटेडसङ ३-० गोल अन्तरले स्तब्ध भएको हो । उसको चार खेलबाट नाै अंक छ । चौथो खेलमा पहिलो जित निकालेको क्रिष्टल प्यालेस पाँच अंकसहित ११औँ स्थानमा छ ।

यता, आर्सनलले चौथो खेलमा जित दर्ता गराएको छ । सुरुवाती तीन खेलमा पराजित आर्सनलले घरेलु मैदानमा नर्विजबिरुद्द १-० को जित निकालेको हो । उसको जित कप्तान एमेरिकले खेलको ६६ मिनेटमा निर्णायक गोल गरे ।

बर्नाल्डो सिल्भाको निर्णायक गोलमा म्यानचेस्टर सिटिले लेस्टर सिटिलाई १-० गोल अन्तरले पराजित गरेको छ । लेस्टरको मैदानमा सिटिले कठिन जित हालिस गर्दा सिल्भाले खेलको ६२ मिनेटमा गोल गरे । जितसँगै सिटीले चार खेलबाट नाै अंक बनाएको छ । सिटी, टोटनहम र ब्रेन्टफोर्डको समान नाै अंक भए पनि सिटी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ ।

शनिबार राति नै चेल्सीले एस्टन भिल्लामाथि ३-० को सहज जित निकालेको छ । चेल्सीको जितमा रोमेलु लुकाकु नायक रहे । उनले दुई गोल गरे । माथेयो कोभासिकले १ गोल गरे । लुकाकुले खेलको १५ र थपिएको ३ मिनेटमा गरी दुई गोल गर्दा माथेयोले ४९ मिनेटमा गोल गरे । जितसँगै १० अंक बनाएको चेल्सी गोल अन्तरका आधारमा युनाइटेडभन्दा तल दोस्रो स्थानमा छ ।

शनिबार राति भएको अन्य खेलमा उल्भ्सले वाटफोर्डलाई२-० गोल अन्तरले पराजित गरेकाे छ । साउथह्याम्पटन र वेष्ट ह्याम युनाइटेडले गोल रहीत बराबर खेले । ब्राइटनले नवप्रवेशी क्लब ब्रेन्टफोर्डमाथि १-० को कठिन जित निकाल्यो । न्यूजकारखाना


Loading comments...